२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

पहिलेको सहमति अनुसार एमाले नेता आचार्य मुख्यमन्त्री बन्दै

शोभाखर पन्थी । नेकपा एमाले पार्टी भित्रको पूर्व सहमति अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि सारिएको छ । स्रोतअनुसार पहिलो चरणमा लिला गिरी र दोस्रो चरणमा चेतनारायण आचार्य मुख्यमन्त्री हुने भद्र सहमति भएको थियो । उपनेता भन्ने पद अन्य प्रदेशमा छैन ।

लुम्बिनीमा सुरुमा दल नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति अनुसार मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएको एमाले नेताहरुको भनाई छ । गिरी यस अघि मुख्यमन्त्री भइसकेका छन । अर्घाखाँची निर्वाचत क्षेत्र १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य आचार्य यसअघि शंकर पोख्रेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

त्यसपछी एमाले नेता लिला गिरी नेतृत्व सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भए । माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । लुम्बिनी प्रदेशमा क्षमतावान नेताको पहिचान बनाएका आचार्य नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता हुन् ।

२०७९ को निर्वाचनमा चौतर्फी घेराबन्दी बीच नेकपा एमालेलाई अर्घाखाँचीमा पहिलो पार्टी बनाई देशभर चर्चा कमाएका आचार्य ग्रासरुट बाट उठेका नेता हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय