२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेश : मन्त्रीमा निमा गिरीको चर्चा

लक्ष्मण घिमिरे । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त हुने भएपछी मन्त्रीमा को जान्छन् भन्नेमा सबैको चाँसो बढेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता सहकार्यको सहमतीसंगै मुख्यमन्त्री एमालेले पाउने भएपछी कांग्रेसले पाँच मन्त्रालय पाउने सहमती भएको छ । यससंगै कांग्रेसबाट मन्त्री बन्ने सांसदहरुको दौडधुप बढेको छ । कांग्रेसबाट राजु खनाल, जन्मजय तिमिल्सिना, रोज राणा, निमा गिरी, बिरबहादुर राना, धनलक्ष्मी श्रेष्ठ लगायत सांसदहरुको नाम चर्चामा छ ।

राजु खनाल, रोज राणा र बिरबहादुर राना यसअँघी मन्त्री भईसकेकाले यसपाली प्युठानबाट समानुपातीक सांसद बनेकी संसदिय दलको सचेतक समेत रहेकी निमा गिरीको सम्भावना बलियो देखिएको छ । संसदमा क्रियाशिल र स्पष्ट वक्ताको छवी बनाउन सफल गिरी मन्त्री बन्ने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

गगन थापा निकट मानिएकी सचेतक गिरी महिलाको प्रतिनिधित्व गर्दै कांग्रेसबाट मन्त्रीको सुचीमा पर्ने प्रबल सम्भावना रहेको बताईएको छ । उनले स्वयं भने यसबारे केही बोलेकी छैनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय