२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा निमा गिरीको सम्भावना

लक्ष्मण घिमिरे । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनाराण आचार्य नियुक्त भएसंगै मन्त्रीमण्डल विस्तार गर्न कांग्रेस-एमालेको बैठक बसीरहेको छ ।

सोमवार मुख्यमन्त्रीमा नियुक्त भएसंगै आचार्यले अन्य मन्त्रीहरुको टुंगो लागेपछी सपथ लिने मनसाय बनाएका छन् । आज मन्त्रीहरुको नाम दलहरुले सिफारिश गरेपछी भोली एकैपटक सपथ लिने तयारी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मन्त्रीमा कांग्रेसको तर्फबाट पाँच जना र एमालेको तर्फबाट तिन जना नियुक्त गर्ने सहमती भएको छ ।

कांग्रेसका तर्फबाट मन्त्री हुने पाँच जनाको टुंगो लगाउन अहिले काठमाण्डौमा वार्ता बसिरहेको छ । बुढानिलकण्ठस्थित देउवा निवासमा लुम्बिनी प्रदेश सभापती अमर पुन, सहमहामन्त्री बिष्णु मुस्कान लगायतका नेताले कसरत गरिरहेका छन् । कांग्रेसबाट राजु खनाल, बिरबहादुर राना, जन्मजय तिमिल्सिना, निमा गिरी, धनलक्ष्मी श्रेष्ठ, धर्मेन्द्र कार्की, रोज राणा, जमुना ढकाल लगायत आकांक्षी देखिएका छन् ।

गुल्मीका धमेन्द्र कार्की र प्युठानकी निमा गिरीको मन्त्री पद लगभग पक्का भएको स्रोतले बताएको छ । स्वास्थ्य मन्त्रीमा निमा गिरीको सम्भावना रहेको नेताहरुले बताएका छन् । ‘स्वास्थ्य मन्त्रीमा कुरा भईरहेको छ,एक नेताले भने,‘कानुन मन्त्री पनि हुन सक्छ ।’

निमा प्युठानबाट प्रतिनिधीत्व गर्ने समानुपातिक सांसद हुन् । संसदमा क्रियाशिल र स्पष्ट वक्ताको छवी बनाउन सफल गिरी मन्त्री बन्ने सम्भावना रहेको कांग्रेस नेताहरुले बताएका छन् ।

राजु खनाल, रोज राणा र बिरबहादुर राना यसअँघी मन्त्री भईसकेकाले यसपाली प्युठानबाट समानुपातीक सांसद बनेकी संसदिय दलको सचेतक समेत रहेकी निमा गिरीको सम्भावना बलियो देखिएको छ । गगन थापा निकट मानिएकी सचेतक गिरी महिलाको प्रतिनिधित्व गर्दै कांग्रेसबाट मन्त्रीको सुचीमा पर्ने प्रबल सम्भावना रहेको बताईएको छ ।

उनले स्वयं भने यसबारे केही बोलेकी छैनन् । एमालेबाट बन्ने मन्त्रीहरुको पनि साँझसम्म टुंगो लाग्ने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय