प्रचण्ड पहिलो पटक बने मन्त्री

लक्ष्मण घिमिरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन। मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका छन् ।

एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्। मुख्यमन्त्री चेतनाराण आचार्यले सपथ खाएलगत्तै मन्त्री मण्डल विस्तार गरेका हुन् ।

नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने पहिलो पटक मन्त्री भएका छन् । दाङ क्षेत्र नम्बर २ (ख) बाट सांसद रहेका प्रचण्डले आज पद तथा गोपनियताको सपथ खाएका हुन् । कांग्रेस नेता शेखर कोईरालाका विषेश पात्रका रुपमा उनि लुम्बिनीको मन्त्रीमण्डलमा प्रवेश गरेका हुन् ।

कांग्रेसका अन्य मन्त्री गुल्मीका धनेन्द्र कार्की, बाँकेका बादशाह कुर्मी र प्युठानका सरोज थापाले समेत पद तथा गोपनीयताको शपथ ग्रहण गरे। सरोज थापा (रोज राणा) यस अँघीं पनि मन्त्री भएर काम गरिसकेका पात्र हुन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय