लक्ष्मण घिमिरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन। मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका छन् ।
एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्। मुख्यमन्त्री चेतनाराण आचार्यले सपथ खाएलगत्तै मन्त्री मण्डल विस्तार गरेका हुन् ।
नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने पहिलो पटक मन्त्री भएका छन् । दाङ क्षेत्र नम्बर २ (ख) बाट सांसद रहेका प्रचण्डले आज पद तथा गोपनियताको सपथ खाएका हुन् । कांग्रेस नेता शेखर कोईरालाका विषेश पात्रका रुपमा उनि लुम्बिनीको मन्त्रीमण्डलमा प्रवेश गरेका हुन् ।
कांग्रेसका अन्य मन्त्री गुल्मीका धनेन्द्र कार्की, बाँकेका बादशाह कुर्मी र प्युठानका सरोज थापाले समेत पद तथा गोपनीयताको शपथ ग्रहण गरे। सरोज थापा (रोज राणा) यस अँघीं पनि मन्त्री भएर काम गरिसकेका पात्र हुन् ।