३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

सुचनै टाँसेरै लुम्बिनी मुख्यमन्त्री आचार्यले गरे खादा माला निषेध

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुचनै टाँस गरेर खादा माला निषेध गरेका छन् ।

आचार्यले भेट गर्न र बधाई दिन आउने व्यक्तिहरुबाट खादा, माला, अबिर नलगउनुका साथै कुनै प्रकारको उपहार नलिने निर्णय गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उनको सचिवालयले खादा, माला, अबिर नलगाउन निषेध गरेको सूचना टाँस गरेको मुख्यमन्त्री सचिवालयका प्रदिप नेपालीले जानकारी दिए ।

उनका अनुसार तडकभडक सहित शुभकामना दिंदा दैनिक कामकाज प्रभावित भएको छ । शुभचिन्तकहरु फुलमाला सहित आउनु राम्रो भएपनि भड्किलो हुने सम्भावना भएकाले निषेध गरिएको हो ।

साथै मुख्यमन्त्रीले सुरक्षा स्कर्टिङ्ग घटाएका छन् । मुख्यमन्त्रीको सुरक्षार्थ खटिने नियमित टोलीबाहेक अन्यत्र जाँदा स्कर्टिङ्ग घटाईएको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय