लक्ष्मण घिमिरे । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको पर्चुगलमा शाखा विस्तार भएको छ । परिषदले आफ्ना विदेश शाखाहरू विस्तार सुरु गरेसंगै पर्चुगलमा शाखा गठन गरिएको हो ।
संस्थाको प्रतिनिधित्व गर्दै युरोप यात्रामा रहेका चर्चित गायक विष्णु खत्रीको उपस्थितिमा पर्चुगल शाखा विस्तार गरिएको त्यहाँबाट अर्जुन भुसालले जानकारी दिए।
शाखा विस्तार कार्यक्रममा बोल्दै गायक खत्रीले सकेसम्म धेरै देशहरूमा संस्थालाई पुर्याई सबैको अपनत्व लिने गरी संस्थालाई अगाडि बढाइने बताए। खत्रीलाई विदेश संगठन विस्तारको लागि परिषद्ले संयोजक पनि तोकेको छ। सोही अनुरुप उनि शाखा विस्तारका लागी पोर्चुगल पुगेका हुन् ।
परिषदको पोर्चुगल कार्य समितिको संयोजकमा सज्जन हमाल चयन भएका छन्। उप-संयोजकमा दिनेश बिष्ट, सचिवमा अर्जुन सुनाम, सह-सचिवमा अमृत कुमार विश्वकर्मा, कोषाध्यक्षमा अनु गुरुङ (जुना), सह-कोषाध्यक्षमा जिना रसाइली चयन भएका छन् ।
यस्तै सदस्यहरुमा छवि पौडेल, दिपक भण्डारी, दिनेश खड्का, विक्रम आचार्य, रितु अधिकारी, देवी गर्बुजा मगर, विष्णु भण्डारी, आशीष बि.सी, भिम राज परियार, दुर्गा के.सी र अर्जुन भुसाल चयन भएका छन्।
स्थापना भएको छोंटो समयमै परिषद्ले लोकप्रिय कामहरू गर्दै आएको छ।