लक्ष्मण घिमिरे । नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला परिषद् भेला सम्पन्न भएको छ ।
सन्धिखर्क स्थित बिपी स्मृती भवनमा भएको परिषद् भेलामा श्रमिकको प्रतिनिधित्व र मुद्दाबारे छलफल भएको थियो । वर्तमान अवस्थामा संगठित र असंगठित श्रमिकहरुको हकमा अझै सशक्त बन्नुपर्ने धारणा बैठकका अधिकांश वक्ताहरुको धारणा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु प्रसाद खनाल मुस्कानले नेपाल ट्रेड युनियन बलियो बन्नुपर्ने धारणा राख्नुभयो । ट्रेड युनियन बलियो हुँदा श्रमिकहरु बलियो हुने, श्रमिकहरु बलियो हुँदा कांग्रेस बलियो हुने र कांग्रेस बलियो हुनु नै देश बलियो हुने भएकाले ट्रेड युनियन कांग्रेस सशक्त हुनुपर्ने बताउनु भयो । नेपालको परिवर्तनकारी आन्दोलनमा मजदुर र ट्रेड युनियनको अग्रणी भुमिका रहेकाले त्यसको कदर गर्दै श्रमिकहरुको हकहितमा लाग्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापती पिताम्बर शर्मा भुसाल, पुर्व पार्टी सभापती कमल प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधी निर्मला क्षेत्री, पार्टी उपसभापती बिष्णु भुसाल, सचिव कृष्ण खनाल, नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष नन्दराम भट्टराई, नेपाल शिक्षक संघका अध्यक्ष शारदा भट्टराई, स्वास्थ्यकर्मी संघका जिल्ला उपाध्यक्ष बुद्धीराम न्यौपाने, आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्मा, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरे लगायतले मन्तव्य राख्दै नेपाल ट्रेड युनियनको भुमिका र औचित्य समाप्त नभएको तथा वर्तमान समयमा अझ सशक्त भएर जानुपर्ने बताएका छन् । शुभेच्छुक संस्थाका हिसाबले नेपाली कांग्रेसलाई सहयोग गर्दै आएपनि पार्टीले युनियनका समस्यामा चाँसो नदेखाएको बताएका छन्।
कार्यक्रम नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष गणेशराज पौडेलको अध्यक्षता, उपाध्यक्ष शारदा रायमाझीको स्वागत मन्तव्य तथा सचिव महेश्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।