३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

संविधानबाट गणतन्त्र र सङ्घीयता छुट्टाउन सकिन्न : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानबाट सङ्घीयता र गणतन्त्र छुट्टाउन नसकिने बताएका छन् । मङ्गलवार सङ्घीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक छलफल कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘हामीले यो भन्दा अगाडिको यात्रामा सङ्घीयता नेपालमा चलाउने पनि हो, टिकाउने पनि हो, यसलाई परिणाममुखी बनाउने पनि हो । यसको विकल्प नै छैन,’ महामन्त्री थापाले भने, ‘कहीँ कतै विकल्प खोजे संविधानको विकल्प खोजे पनि हुन्छ । त्यसैले हामी जो संविधानको पक्षमा छौँ, जो सङ्घीय लोकतन्त्रात्मक संविधान भन्छौँ, यसबाट सङ्घीयता छुट्टाउन सकिन्छ न गणतन्त्र ।’

त्यस कारण यो संवैधानिक यात्रामा अर्को कुनै एडभेन्चर नगर्न गगनले प्रस्ताव गरे । उनले यसलाई सुदृढ बनाउँदै परिणाममा लैजानुपर्ने पनि बताए ।  ‘लैजान सकिन्छ, गर्न सकिन्छ । हामीसँग त्यो क्षमता छ भन्ने कुरा स्थापित गर्नुपर्ने छ । यसका लागि हामीसँग तीन वर्षको समय छ भन्ने बुझौँ,’ उनले भने ।

सङ्घले लामो समयमा गर्न नसकेका काम आफूहरू छोटो समयमा गर्न लागिरहेको भन्दै महामन्त्री थापाले प्रदेश र स्थानीय तहका सरकारले पनि सोहीअनुसार अघि बढ्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय