३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

डिएसपी मल्ल आएपछी १८ जना फरार प्रतिवादी पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँचीको प्रहरी प्रमुखमा डिएसपी चक्रबहादुर मल्ल आएपछी बर्षौंदेखी फरार रहेका प्रतिवादीहरू धमाधम पक्राउ पर्न थालेका छन्। जिल्ला अदालतले कैद भुक्तानीको सजाय सुनाएपछी फरार रहेकाहरूलाई जिल्ला प्रहरी कार्यालयको टोलीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

मानव बेचबिखन तथा ओसार पसार, बैंकिङ कसुर, सवारी ज्यान, कुटपिट अङ्खभङ्ख, राष्ट्रिय बनमा आगोलागी, चोरी, जबरजस्ती करणी, लागुऔषध, गर्भ संरक्षणलगायतका विभिन्न मुद्दामा अदालतले फैसला सुनाएका तर फरार रहेकाहरू १८ जनालाई पक्राउ गरी अदालतको आदेशअनुसार जेल चलान गरिएको प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

पक्राउ गरेका उनीहरूलाई अर्घाखाँची अदालतमा बुझाउने र अदालतले कैद भुक्तानीको लागि कारागार पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी मल्लको भनाइ छ। यस आर्थिक वर्षमा विभिन्न मुद्दामा कैद सजाय तोकिएका तर फरार रहेका १८ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए।

जिल्ला प्रहरी कार्यालयमा कर्यालय प्रमुखको रूपमा डीएसपी चक्रबहादुर मल्ल आएपछि फरार प्रतिवादी प्रकने कार्यले तीब्रता पाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय