अर्घाखाँचीमा अवैध मोटर पार्टसका सामानसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले सन्धिखर्क २ चुत्रावेसीवाट विलविजक विना झन्डै ९७ हजार मुल्य बराबरको अवैध मोटर पार्टसका सामाग्रीसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्लाका ४५ वर्षीय मोहम्मद ईरफान रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए ।
कालो र कम्व्याट रंगको झोलामा विभिन्न कम्पनीका ३९ प्रकारका मोटरसाइकलका मोटर पार्टसका सामग्रीसहित पक्राउ परेका भारतीय नागरिक ईरफानलाई भन्सार कार्यालय सिद्धार्थ नगर रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए।