३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

पल शाहको क्रेजले ‘अर्घाखाँची महोत्सव’मा रौनक

माघ १० गते अर्घाखाँची महोत्सवमा प्रस्तुती दिन पल शाह लगायतका कलाकार आए । पुर्वानुमान भन्दा अझै बढी दर्शक उनलाई हेर्न सन्धिखर्कको कुँडुले फाँटमा आएको आयोजकले जनाएको छ ।

अभिनेता पल शाह महोत्सवस्थल छिर्नै हम्मेहम्मे पर्‍यो । दर्शक र उनका फ्यानहरुको घेराबन्दीमा परेका पललाई स्टेजमा पुर्‍याउन आयोजकलाई सकस नै भयो । दसौं हजार दर्शकले आज मेलाको अवलोकन गरेका छन् ।

पल शाहको क्रेज र उनका समर्थकहरुको घुँईचोले आज मेलामा रौनक थपेको छ । पल शाह र उनको टिम, गायिका शान्ती रानी परियार, जिवन परियार लगायतका कलाकारले आज प्रस्तुती दिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय