लक्ष्मण घिमिरे ।
प्रेस चौतारी नेपाल अर्घाखाँचीको नयाँ नेतृत्वमा नविन केसी निर्वाचित भएका छन् । सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा केसीसहित सम्पुर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
उपाध्यक्षमा सिद्धार्थ केसी, करिश्मा खनाल, सचिवमा नविन रसाईली, सहसचिवमा लक्ष्मी खनाल, कमला परियार र कोषाध्यक्षमा प्रकाश प्यूठानी निर्वाचित भए । यस्तै सदस्यहरुमा चन्द्र पाण्डे, किरण खनाल, हिमाल पाैडेल, रमेश कुमार थापा, कमल प्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र काेपिला आचार्य निर्वाचित भएका छन् ।
प्रेस चौतारीको प्रदेश प्रतिनिधिमा माया पन्थी, माधव बेल्वासे, सविता आचार्य तथा केन्द्रीय प्रतिनिधिमा शाेभाखर पन्थी, बसन्त श्रेष्ठ, भगवता पाण्डे सर्वहमत निर्वाचित भए ।
सन्धिखर्कस्थित मदन आश्रीत भवनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नेकपा एमाले जिल्ला अध्यक्ष पीताम्बर भुसालले पत्रकारले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्नु पर्ने बताए । पछिल्लो समय नकारात्मक प्रचारबाजी बढी हुने गरेको भन्दै उनले भएका सकारात्मक कामको पनि चर्चा हुनुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल, पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष प्रेम नारायण आचार्य, सदस्य हिम लेकाली, पुर्व अध्यक्ष शोभाखर पन्थी, नेपाल प्रेस युनियनका अध्यक्ष लक्ष्मण घिमिरे, समाजवादी प्रेस संगठनका अध्यक्ष सागर परियार लगायतले सम्बोधन गरेका थिए ।