३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

शारदा मावी गैरागोठको ६५ औं वार्षिकोत्सव सम्पन्न

लक्ष्मण घिमिरे ।
भुमिकास्थान ९, ढिकुराको शारदा माध्यमिक विद्यालयले आफ्नो ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । एक भव्य समारोहको आयोजना गरेर विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा बिनाको भौतिक विकासको कुनै अर्थ नहरने भएकाले गुणस्तरिय शिक्षा आजको मुख्य आवश्यकता रहेको बताउनु भयो । बालबालिकाहरुलाई उचित शिक्षा दिनु राज्यको दायित्व पनि भएकाले समयानुकुल र प्रयोगात्मक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो ।

विद्यालयको पुर्व विद्यार्थीसमेत रहनु भएका उपाध्यक्ष घिमिरेले बसाईसराई लगायतका कारणले सामुदायिक विद्यालयहरुको अवस्था खस्किदो भएकाले राज्यले यसमा ध्यान पुर्याउनुपर्ने बताउनु भयो । गाँउघर रित्तिदै जानु चिन्ताको बिषय भएको भन्दै उहाँले तिनै तहका सरकार गम्भीर बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधी सभा सदस्य बिजुला रायमाझी, प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, नगर उपप्रमुख बालकृष्ण बन्जाडे, शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण खनाल, नेपाल पत्रकार महासंघका सचिव तथा पुर्व विद्यार्थी लक्ष्मण घिमिरे, पुर्व शिक्षक चुरामणी आचार्य, संस्थापक कृष्ण पोखरेल, अक्षयकोष दाता बिष्णु भट्टराई, ढिकुरा समाज रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद मरासिनि, पुर्व विद्यार्थी ढुंडिराज भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयको वार्षिक आयव्यय प्रतिवेदन प्रधानाध्यापक बिष्णु अधिकारीले प्रस्तुत गर्नुभएको थियो । दिवसकै अवसर पारेर विभिन्न विधाका पुरस्कार समेत वितरण गरिएको विद्यालयका लेखापाल अर्जुन पोख्रेलले बताए । समारोहमा नृत्य तथा भजन समेत प्रस्तुत गरिएको थियो ।

दिवसकै अवसर पारेर मोती भट्टराई, राममणी भट्टराई, बिष्णु भट्टराईले आफ्ना मातापिताको सम्झनामा १ लाख ५ हजार ५५५ रुपैंया तथा नरेश पोख्रेलले आफ्नो मातापिताको सम्झनामा ५१ हजार १०० रुपैंयाको अक्षयकोष स्थापना गर्नु भएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोती भट्टराईको अध्यक्षता, शिक्षक बाबुराम चुदालीको स्वागत मन्तव्य तथा नवराज अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय