सुनको भाउ चार सय रुपैयाँले बढ्यो, तोलाको एक लाख ७० हजार दुई सय

सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेर एक हजार नौ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६५ रुपैयाँमा कायम भएको थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय