३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

नासुका आँसु पुछ्न सांसदलाई कर्मचारीको एस.एम.एस

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विषयमा प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरुलाई एसएमएस अभियान चलाएको छ ।

अभियानले आज एक विज्ञप्ति प्रकाशन गर्दै सहसचिव र उपसचिवको खुल्ला तर्फ तोकिएको सेवा अवधि र योग्यता भएका राजपत्र अनंकित कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, राजपत्रांकित तृतीय श्रेणीको पदपुर्तिमा ५० % खुला, ४० % बढुवा र १० % आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने, ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ तह र १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई १ श्रेणी बढुवाको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर एस.एम.एस अभियान चलाईएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले बताए ।

रा.प. तृतीय श्रेणीको प्रवेश विन्दु छैटौं तहलाई कायम गर्नुपर्ने, तिनै तहमा कार्यरत कर्मचारीहरुलाई ‘निजामती कर्मचारी’ को परिभाषामा समेट्नुपर्ने, पूर्वानुमान योग्य र स्वचालित सरुवा प्रणाली तथा प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई अन्तर प्रदेश सरुवाको व्यवस्था गर्नुपर्ने, क्षतिपूर्ति सहितको नागरिक सेवा र कर्मचारीलाई मर्यादित जीवनयापनका लागि आवश्यक सेवा, सुविधाको सुनिश्चित गर्नुपर्ने लगायतका विषय उल्लेख गरी एस.एम.एस अभियान चलाएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय