लक्ष्मण घिमिरे ।
उत्कृष्ट कार्य सम्पादन गरेपछी अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (एमएसएस) अन्तर्गत अर्घाखाँची अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा गर्न प्रदेशबाट आएको विज्ञहरूको टोलिले अस्पताल प्रदेशमै दोश्रो स्थान प्राप्त गरेको घोषणा गरेको छ ।
प्रदेशका १३ अस्पताल अनुगमन मुल्यांकन गर्दा अर्घाखाँची अस्पतालले ९४ अङ्क प्राप्त गरेको छ भने मुल्यांकनमा बर्दिया अस्पताल ९७ अङ्क प्राप्त गरि पहिलो स्थानमा छ । कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोईराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतले उत्कृष्ट कार्य सम्पादन गरि अस्पतालको गरिमालाई उँचाईमा पु¥याएको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा चुस्ततासंगै मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गरिएको छ ।
अस्पताल प्रमुख डा.जगन्नाथ तिवारीले अस्पतालले ५० शैयाको मान्यता पाएपनि १५ शैयाकै शैलीमा चलिरहेको गुनासो गरे । भौतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मिको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाई थियो ।