सुर्य प्रसाद भुसाल।
नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिकको तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनको अध्यक्ष पदमा उमेदवारि दिएका गणेश प्रसाद भुसाल अर्घाखाँची निबासि कर्मचारी हरुका लोकप्रिय नेता हुन् ।
अर्घाखाँची को भुमिकास्थान नगरपालिका वडा नम्बर-९, डेभा सुवर्णखालमा जन्मिएका भुसाल नागरिक उड्डयन प्राधिकरणको फागुन ९ गते हुने आधिकारिक ड्रेड युनियनको निर्वाचनमा लोकतान्त्रिक समुहको नेतृत्व गरि अध्यक्ष को उमेदवार बन्ने पहिलो अर्घाखाँचीवासी हुन् ।
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा जन्मिएका भुसालले अर्घाखाँचीको सन्धिखर्क स्थित जनज्योति माध्यमिक विद्यालयबाट एसएलसि उत्रिण गरेपछि उच्च शिक्षा अध्यान गर्न काठमाडौं पुगेका थिए । अहिले काठमाडौं लाई कर्मथललो बनाएका भुसाल नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिनियर अधिकृतको रुपमा कार्यरत छन्।
काठमाडौंमा बसेर अर्घाखाँची बासिहरुको सेवा गर्दै आएका गणेश प्रसाद भुसालले सामाजिक, शैक्षिक, धार्मिक क्षेत्रमा समेत ठुलो सहयोग गर्दै आएका छन् । सरल र मिजासिला स्वभावका भुसाल हरेक साना देखि ठुला मान्छेसंग समेत सधै सुमधुर सम्बन्ध कायम गर्ने गरेका छन् । गाउँठाउँमा पर्ने हरेक समस्या लाई समधान गर्न पहल गर्ने गणेश प्रसाद भुसाल अहिले चुनाबि माहोलमा ब्यस्त छन् ।
६१३ मतदाता रहेको नागरिक उड्डयन प्राधिकरणको निर्बाचनमा गणेश भुसाल बलियो उमेदवार हुन । सगठको काममा अहोरात्र खटिने भुसालले अहिले सम्म कुनै पनि निर्वाचन मा असफल भएको रेकर्ड छैन भने भुसाल लाई जिताउन चौतर्फी युवा कर्मचारी हरु लागि रहेका छन । भुसाल नागरिक उड्डयन प्राधिकरण मा निर्वाचित भएमा त्याहा हुने गरेक गतिविधि पारदर्शी शुसाशन मैत्री हुने प्राधिकरण का कर्मचारी हरु बताउछन ।
नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी बनेको विधेयक संसदमा दर्ता भएको प्रति नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघ को तर्फबाट अध्यक्ष गणेश प्रसाद भुसालको नेतृत्वमा त्यसो गर्न नहुने भन्दै ज्ञापनपत्र बुझाईएको थियोे ।
गएको मंगलबवार बिहान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे लाई भेटेर भुसाल नेतृत्वको टिमले ध्यानाकर्ष पत्र बुझाउँदै दुई विधेयक दर्ता भएकोप्रति आपत्ति जनाएको थियो । ‘प्रतिनिधि सभाको मिति २०८१/१०/१९ गतेको दर्ता नम्बर ४ र ५ को विधेयक सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरु सँग कुनै छलफल नै नगरी नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक,२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधयेक,२०८१ दर्ता भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण,लोकतान्त्रिक कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको पत्रमा भनिएको थियोे ।
संघका अध्यक्ष गणेश प्रसाद भुसाल ले हस्ताक्षर गरेको पत्रमा विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म सशक्त आन्दोलन पश्चात स्थगन भएको पनि स्मरण गराइएको थियो । ‘नेपालको हवाई क्षेत्रको एकमात्र सक्षम सबल एवं समृद्ध संस्थालाई अन्य विकल्प हुँदाहुँदै सरोकारवाला, वौद्धिक वर्ग, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरु र पेशागत संघ सङ्गठनहरुलाई वेवास्ता गरी तथा कुनै अमूक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई मात्र सैद्धान्तिक आधार लिई दर्ता गरिएको प्रस्तावित विधयेकमा स्वार्थ समूहको वर्चस्व हुने गरी उड्डयन क्षेत्रको सामान्य जानकारी समेत नभएको व्यक्तिले नेतृत्व गर्न सक्ने गरी ल्याइएको विधेयकले प्राधिकरणको समग्र हित भन्दापनि अझ धरासायी बनाउने उदेश्यले दर्ता गरिएको विधेयकहरुलाई तत्काल स्थगन गर्न लोकतान्त्रिक कर्मचारी संघको जोडदार माग गरेपपछि भुसाल झन चर्चित बनेका छन् ।
विगतमा आएको यस्तै आशयको विधेयकको विषयलाई लिएर १५ दिनसम्म संघको नेतृत्वमा सशक्त आन्दोलन पश्चात् स्थगन भएको पनि स्मरण गराउन चाहन्छौ,’भुसालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । भुसाल कर्मचारी बिचमा निकै लोकप्रिय भएकोले पनि उनको जित निश्चित रहेको छ ।
