३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

माओवादी आकारमा सानो, प्रभाव ठुलो : पम्फा भुसाल

लक्ष्मण घिमिरे ।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले माओवादी आकारमा सानो भएपनि प्रभावकारीतामा ठुलो रहेको बताएकी छिन् ।

संख्या ३२ सिटको मात्र भएपनि नेपालको राजनितिमा यसले ठुलो भुमिका खेलिरहेको बताईन् । सत्तामा रहँदा होस् वा प्रतिपक्षमा माओवादीको भुमिका प्रभावकारी रहेको उनको भनाई छ । ‘०६४ सालको जस्तो बलियो त हामी छैनौं,उनले भनिन्,‘संख्या थोरै भएपनि हाम्रो भुमिका धेरै छ ।’

प्रेस सेन्टरले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व मन्त्रीसमेत रहेकी भुसालले सत्तामा रहँदा लोकप्रिय कामहरु गरेको र प्रतिपक्षमा समेत सशक्त भुमिका निभाईरहेको बताईन् । सरकार चलाईरहँदा सुशासन कायम गर्न खोजेको तर शक्तिकेन्द्र नै तानिने अवस्था आएपछी रातारात सरकार फेरबदल भएको दावी गरिन् । ठुला दलका ठुलै माछा फस्ने अवस्था आएपछी पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाएको उनको भनाई छ ।

सरकार किन बन्यो भन्ने कुराको पुष्टी अहिले हुँदै गएको उनले बाताईन् । निति नै बनाएर भ्रष्टाचार संस्थागत गर्ने काम गरेको भन्दै उनले सरकारले अहिले ल्याएको अध्यादेशमा समेत बदनियत रहेको बताईन् ।

आफ्नो पार्टीले विगतमा केही गल्ती गरेका कारण माओवादी कमजोर हुन पुगेको भन्दै नेतृ भुसालले चुनावमा अन्य दलहरुसंग तालमेल गर्दा पार्टी यो अवस्थामा आईपुगेको बताईन् । कांग्रेस र एमालेसँग पालैपालो तालमेल गरेर चुनाव लड्दा पार्टीलाई क्षती पुगेको बताएकी छन् । निर्वाचन अँघीं गरेको तालमेलले पार्टी क्षयिकरणको बाटोमा लागेकाले आगामी चुनाव एक्लै लड्ने बताइन् ।

संविधान संशोधनको प्रसंग कोट्याउँदै उनले आन्दोलनबाट प्राप्त उपलब्धी वर्तमान सरकारले संविधान संशोधन मार्फत खोस्न लागेको बताईन् । साना दलहरुलाई थ्रेस होल्ड लगाएर दुई दलिय शासन चलाउन खोजेको उनले आरोप लगाईन् । समानुपातीक प्रणाली हटाउने प्रपञ्च गरेको भन्दै भुसालले अधिकार खोस्ने काम स्विकार्य नहुने बताईन् ।

आफ्नो पार्टी पुर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेकोसमेत स्पष्ट पारेकी छिन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय