लक्ष्मण घिमिरे ।
डाक्टर नन्दु पाठक अर्घाखाँचीको जन्मभुमी हस्पिटल प्रालीमा आएपछी शनिवार बिरामीको घुँईचो लागेको छ । बुटवलमा महिनौं कुर्दासमेत पालो नपाएका जिल्लाका बिरामी सन्धिखर्कको हललाईनमा रहेको जन्मभुमी हस्पिटल प्रालीमा पुगेका छन् ।
गोल्ड मेडलिस्ट डा. पाठक पहिलो पटक बिरामी जाँचका लागी अर्घाखाँची आएका हुन् । निजीक्षेत्रको लगानीमा खुलेको जन्मभुमि हस्पिटल प्रालीले आजबाट सन्धिखर्कमा ओैपचारिक रुपमा सेवा दिन थालेको छ । हस्पिटलको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ फिजिशियन डा. नन्दु पाठकले संयुक्त रुपमा रिबन काटेर उद्घाटन समेत गरेका छन् ।
आज उद्घाटनको दिन डक्टरले निःशुल्क रुपमा चेकजाँच गर्ने भएकाले ४ सय भन्दा बढी बिरामीले नाम दर्ता गराएको जन्मभूमि हस्पिटल अर्घाखाँचीका अध्यक्ष रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । अर्घाखाँचीका युवाहरुबाट सञ्चालित हस्पिटलमा मासिक रुपमा डा. नन्दु पाठक सहितका प्रभावशाली डाक्टरहरु ल्याउने पहल भईरहेको छ ।
हस्पिटलका कार्यकारी निर्देशक डिलबिन्दु थापाका अनुसार जिल्लावासीले बुटवल धाउनु पर्ने बाध्यताको अन्त्य गर्नेगरी काम थालेको बताएका छन् ।

