३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

शितगंगाबाट नक्कली नोटसहित एक जना पक्राउ

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको शितगंगाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

नक्कली भारतीय रुपैयाँसहित पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ घर भई हाल शितगंगा १ बस्ने यान बहादुर बस्नेत क्षेत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शितगंगा नगरपालिका १२, ठुलो ढोंडेनीबाट ९ थान नक्कली भारतीय रुपैंयासहित उनलाई पक्राउ गरिएको हो । गस्तीमा गएको प्रहरी टोलीले शंकास्पद रुपमा हिंडेको देखेपछी खानतलासी गर्दा भारतीय रुपैया जस्तो देखिने ९ थान नक्कली नोट फेला पारेको सुचना अधिकारी जगन्नाथ मरासिनीले जानकारी दिए ।

पक्राउ परेका क्षेत्रीमाथी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय