३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

भगवती कृषी सहकारी संस्थाकाे आयोजनामा कुखुरा वितरण

जितेन्द्र खत्री । 

जिल्लाकाे भूमिकास्थान नगरपालिका वडा नं २ ढाकावाङ्गमा रहेकाे भगवति कृषि सहकारि संस्था लिमिटेडकाे आयाेजना तथा भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्र अर्घाखांचिकाे सहयाेगमा पाेषण सुधारका लागि ग्रामिण कुखुरा पालन कार्यक्रम अन्तर्गत २५ जना कृषकहरुलाई प्रति ब्यक्ति ५० वटाका दरले कुखुरा बितरण गरेकाे छ ।

कार्यक्रममा भूमिकास्थान नगरपालका वडा नं २ का अध्यक्ष बुद्धि बहादुर थापाले यस कार्यक्रम बाट राम्राे आय आर्जन बढाउन तथा पाेषणमा सुधार ल्याउन महत्वपुर्ण सहयाेग पुर्याउने बिस्वास व्यक्त गर्नुभएकाे छ ।

कार्यक्रममा वडा सदस्य नारायण प्रसाद खनाल भेटेरिनरि अस्पतालका बरिष्ठ पसु विज्ञ राधा पाण्डे सहकारिका पदाधिकारि लगायतकाे उपस्थितिमा कार्यलय वाट नि:शुल्क रुपमा उपलब्ध कुखुरा बितरण गर्नु भएकाे छ । भेटेरिनरि अस्पताल तथा पसु सेवा बिज्ञ केन्द्रद्वारा प्रदेस सरकारकाे स्वामित्वमा रहेकाे कुखुरा बिकास फर्म नेपालगंज बाट उक्त कुखुरा ल्याईएकाे हाे ।

किसानलाई कुखुरा सहित अाैसधि तथा आवश्यक भिटामिनका साथै दाना पानि खुवाउने भाडा उपलब्ध गराईएकाे थियाे । सहकारिवाट छनाेट भएका २५ जना किसानहरुलाई प्रति सदस्य ५०/५० का दरले एक हजार दुई सय कुखुरा बितरण गरिएकाे छ ।

कुखुरा बितरण कार्यक्रम सहकारिका अध्यक्ष गणेश सुनारकाे अध्यक्षता भेटेरिनरि अस्पतालका याेगेन्द्र मरासिनिकाे संचलानमा सम्पन्न भएकाे थियाे ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय