राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सांगठानिक गतिविधीलाई तिव्रता दिएको छ ।
पार्टीलाई मजबुत बनाउन संगठन अपरिहार्य रहेको भन्दै जनताको बिचमा जानुका साथै आफ्ना आन्तरिक समितिहरुलाई पुर्णता दिनेमा केन्द्रित बनेको छ ।
सोही अनुरुप शनिवार भूमिकास्थान नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । भुनपा ८,पोखेडाँडामा सम्पन्न भेलाले दिलबिन्दु थापाको सभापतित्वमा नगर समिति गठन गरेको छ । भुनपा-९ का थापा यसअँघीं ढिकुरा वडा समिति अध्यक्ष थिए । उनि सर्वसहमत नगरको नेतृत्वमा आएका हुन् ।
समितिको उपसभापतिमा विष्णुप्रसाद भुसाल, सचिवमा भूमिका खत्री, कोषाध्यक्षमा सन्तोषी भारती चयन भएका छन्। त्यस्तै सदस्यहरुमा अनिता भुसाल, मिना भुसाल, राम बहादुर परियार, लिला बहादुर घर्ती, बाबुराम भुसाल र उज्वल बन्जाडे चयन भएका रास्वपा अर्घाखाँचीले जनाएको छ ।
रास्वपाका जिल्ला सभापती हरी प्रसाद भुसाल लगायतको उपस्थिती रहेको भेला नगरका संस्थापक संयोजक चिरन्जिवी पन्थीको अध्यक्षता र उमेश बन्जाडेको संचालनमा सम्पन्न भएको हो ।

