अर्घाखाँचीको शितगंगामा बस दुर्घटना भएको छ ।
शितगंगा नगरपालिका-२, भुवनपाटामा बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । त्यसमध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
लु २ ख ३०३ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी पुगेको छ भने उद्दारको कार्य जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।
