लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थानका दुई किशाेरको पौडी खेल्ने क्रममा ज्यान गएको छ ।
भुमिकास्थान–१०, धनचौरको देउराली नेटाका जुद्धबाहादुर नेपालीका १९ वर्षिय छोरा दिलिप नेपाली र सोही ठाउँका मेघबहादुर नेपालीका १७ वर्षिय छोरा अशोक नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
वडा नम्बर–१० मै पर्ने झिमरुक खोलामा साथीहरु मिलेर पौडी खेल्न गएका ६ जना मध्ये दुई जनाले ज्यान गुमाएका हुन् । पौडी खेल्न रहमा गएका दुई युवा धेरैबेर पानी बाहिर नआएपछी संगै गएका साथीहरुले आफन्तलाई खबर गरेका थिए ।
आफन्त र धनचौर प्रहरीको खोज तलासपछी अचेत भेटिएका दुवै जनालाई उपचारका लागी अर्घाखाँची अस्पतालमा ल्याईएपनि अस्पतालले उनिहरुलाई मृत घोंषणा गरेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिष्णु प्रसाद पौडेलको भनाई छ ।
