१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

सुपा देउराली नजिकै एक युवकको शव भेटियो

लक्ष्मण घिमिरे । सुपा देउराली मन्दिर दर्शनका लागि गएका एक युवक अर्घाखाँचीको सन्धिखर्कमा मृत अवस्थामा फेला परेका छन्।

सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउराली मन्दिर नजिकको झोलुङ्गे पुल छेउमा २० वर्षीय युवक अनिल बादीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। उनी कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–९ का स्थायी बासिन्दा हुन्।

बादी यही वैशाख १४ गते बिहान सुपा देउराली मन्दिर दर्शनका लागि गएका थिए। तर सो दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा जानकारी गराएको थियो।

खोजी क्रममा वैशाख १६ गते उनी झोलुङ्गे पुल नजिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी चक्र बहादुर मल्लले जानकारी दिए।

उनका अनुसार घटनाको कारण खुल्न बाँकी रहेकाले इलाका प्रहरी कार्यालय सन्धिखर्कका निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा अनुसन्धान तीव्र रूपमा भइरहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय