३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

गोकुल बास्कोटा : दिनभर संसदमा पलेंटी कसेर तमासा देखाउने, रातभरि कांग्रेस नेताका कोठामा धाउने

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको विषयलाई लिएर कटाक्ष गरेका छन् ।

गृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै सदन अवरुद्ध गर्दै आएको रास्वपाले कांग्रेसको पिँढी धाएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भिजिट भिसाको विषयमा संसदमा पलेंटी कसेर दिनदिनै तमासा देखाउनेहरू रातभर कांग्रेस नेताको पिँढीमा ‘देऊ न मलाई बास’ भन्दै मुरलीको धुन किन बजाइरहेका होलान् रु’

उनले यो प्रकरणमा नयाँ ट्वीस्ट आयो भने नेपाली राजनीतिको आठौँ आश्चर्य नमान्न अनुरोध गरेका छन् ।

https://www.facebook.com/gokulprasadbaskota/posts/pfbid0dtgYLwiogMbVCjXjVC5nzzrx3pdAcKG39LeD15dfsDovHxWJYP2DEQciy5r63Dpwl

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय