३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

डिभर्नाका आगलागी पिडित कुँवरलाई साढे ३ लाख सहयोग

सन्धिखर्क नगरपालिका वडा नम्बर-१२, डिभर्नाका मान बहादुर कुँवरको घर केही महिना अँघीं जलेर खरानी भयो ।

आगलागीमा परेर सबैथोक जलेपछी बाससंगै उनको गास र कपासको समेत टुंगो भएन । भएको सबै सम्पत्ती जलेपछी उनि रन्थनिए । अर्को घर बनाउन सक्ने सामर्थ्य छैन, नबनाए कहाँ बस्ने ठेगान छैन ।

यही बिचमा समाज र सामाजिक व्यक्तीहरुको पहलमा उनलाई आर्थिक सहयोग गरिएको छ । जिवनयापनमा सहज होस् र जलेका कुरा पुनर्स्थापित गर्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराईएको हो ।

करिब ९५ जनाको सहयोगबाट संकलित ३ लाख ४७ हजार ९४२ रुपैंया पिडितलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको प्रमुख आतिथ्यमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयका तर्फबाट समेत राहत सामग्री प्रदान गरिएको छ । त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामग्री प्रशासनले उपलब्ध गराएको छ ।

कार्यक्रममा सहायक प्रजिअ भट्टराईसहित नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, सन्धिखर्क-१२ का वडाअध्यक्ष नारायण खड्का, सामाजिक व्यक्ती लिलाधर बस्याल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पिताम्बर कुँवरको सञ्चालनमा सम्पन्न भएको हो ।

लिलाधर बस्यालले सामाजिक संजालबाट आव्हान गरेपछी रकम संकलनको अभियान सुरु भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय