३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष अशोक खनाललाइ पितृशोक

नेपाल पत्रकार महासघ अर्घाखाँचीका निर्वतमान अध्यक्ष अशोक कुमार खनाललाई पितृशोक परेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यसमेत रहेका खनालका पिता टिकाराम खनालको जेष्ठ ८ गते बिहान मालारानी-४, खनस्थित आफ्नै निवासमा निधन भएको हो । ९३ वर्षिय खनालको गुल्मी स्थित रिडिघाटमा अन्त्यष्टि गरिएको छ ।

खनालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनको निम्ति नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बिक, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, पत्रकार महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शोभाखर पन्थी, पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसाल लगायत विभिन्न सामाजिक व्यक्तित्वहरू रिडि घाट पुगेका थिए ।

लामो समयदेखी बिरामी खनालको उपचारको क्रममा निधन भएको हो । खनालका २ छोरा र ३ छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय