अर्घाखाँचीको शितगंगामा आफ्नै दाइले बन्चरो प्रहार गरेर भाइको गरे हत्या

लक्ष्मण घिमिरे ।
अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरि भाइको हत्या गरेका छन् ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ पाखापानी निवासी ४२ बर्षिय बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बन्चरो प्रहारबाट घाइते बादीको उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । बिहिवार साँझ घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय