लक्ष्मण घिमिरे ।
अर्घाखाँचीमा आफ्नै दाइले बन्चरो प्रहार गरि भाइको हत्या गरेका छन् ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ पाखापानी निवासी ४२ बर्षिय बिष्णु बहादुर बादीले आफ्नै ३२ बर्षिय भाइ बमबहादुर बादीको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बन्चरो प्रहारबाट घाइते बादीको उपचारको लागि बुटवल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । बिहिवार साँझ घटना घटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय ठाडा बाट खटिएको प्रहरीको टोलिले नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।