महाराज बने टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर

केशव महाराज टेस्ट क्रिकेटमा २ सय विकेट लिने दक्षिण अफ्रिकाका पहिलो स्पिनर बनेका छन् ।

जिम्बावेसँगको पहिलो टेस्टका क्रममा दक्षिण अफ्रिकाका निमित्त कप्तान महाराजले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५९औं खेलमा २ सय विकेट पूरा गरेका हुन् ।

दक्षिण अफ्रिकाबाट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडी भने डेल स्टेन हुन् । स्टेनले ९३ खेलमा ४ सय ३९ विकेट लिएका छन् । यस्तै दोस्रो स्थानमा रहेका शन पलकले १ सय ८ खेलमा ४ सय २१ र तेस्रो स्थानमा रहेका मखाया एन्टिनीले १ सय १ खेलमा ३ सय ९० विकेट लिएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय