३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

अब सुपादेउरालीमा केबलकार

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,असार १७ । अर्घाखाँचीमा केबलकारको प्रक्रिया अँघीं बढेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिकाले धार्मीक तथा पर्यटकिय क्षेत्र सुपादेउराली मन्दिरलाई लक्षित गरेर केबलकार सञ्चालन गर्ने भएको हो । सन्धिखर्कको नगरसभाबाट केबलकार सञ्चालन गर्न अनुमती दिने निर्णय भएसंगै नयाँ परियोजना सञ्चालनको बाटो खुलेको हो । असार १३ गते बसेको नगर कार्यपालिका बैठकले सुपादेउराली केबलकार प्रा.लि.लाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७ मा अवस्थित सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार सञ्चालन गर्न सन्धिखर्क नगरपालिकाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय