लक्ष्मण घिमिरे ।
देउराली बहुउद्देश्यीय संस्था लिमिटेड सन्धिखर्कले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्वर-२ मा रहेको धारिचौर बेहोंरे सामुदायिक वन क्षेत्रमा संस्थाले वृक्षारोपण गरेको हो । देउराली यातायात चलाई रहेको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
वार्षिक परोपकारी कार्य अन्तर्गत वृक्षारोपण गरिएको संस्थाका अध्यक्ष गोविन्द बञ्जाडेले बताएका छन् । ‘हामीले विभिन्न समयमा केही न केही क्रियाकलाप गरिरहेका हुन्छौं,उनले भने,‘हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’