एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज घरेलु उज्वेकिस्तानसँग खेल्दैछ।
उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९:१५ बजे नेपाल र उज्वेकिस्तान आमनेसामने हुँदैछन्। नेपालको लागि शनिबारको खेल अत्यन्तै महत्त्वपूर्ण छ। यो खेल जिते नेपाल एएफसी वुमन्स कपमा पुग्नेछ। जारी प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
साबित्रा भण्डारी साम्बाको कप्तानीमा भएको नेपाली टोलीले अघिल्लो दुई खेलमा लाओसलाई ९ र श्रीलंकाविरूद्ध ८ गोल गर्यो।
समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा श्रीलंकालाई १०-० गोलले हराउँदा बुधबार लाओसलाई ७-० गोलले हरायो।
यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६-६ अंक जोडेका छन्। दुवैले १७-१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन्।
समूहबाट एक टोलीमात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ। सो खेल राति सवा नौ बजे हुनेछ।