नेकपा एमालेले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका,९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीका अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
ती अधिवेशनहरू विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरूको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए । यसै गरी करिब ६ हजार वडाका अधिवेशनहरु सकिएका छन् । बाँकी रहेकाहरूको पनि विधान महाधिवेशन भन्दा पहिला नै सक्ने गरी काम अघि बढाएको छ ।
महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश,जिल्ला र जनसंगठनका अधिवेशनहरू सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।