१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको वरीयतामा नेपाल एक स्थान तल झरेर १ सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा सार्क देशका सबैको स्थान खस्किएको छ । नयाँ वरीयता अनुसार सार्क देशमा नेपालभन्दा माथि भारत १ सय ३३, माल्दिभ्स १ सय ७१औं स्थानमा छन् । नेपालभन्दा तल बङ्गलादेश १ सय ८४, भूटान १ सय ८६, श्रीलङ्का १ सय ९६ र पाकिस्तान २ सय १औं स्थानमा छन् ।

फिफा वरीयतामा अर्जेन्टिना शीर्ष, स्पेन दोस्रो, फ्रान्स तेस्रो, इङ्ग्ल्यान्ड चौथो र ब्राजिल पाँचौं स्थानमा यथावत् छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय