सन्धिखर्कमा झड्केला छोराले गरे बुवाको हत्या

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,असार २६ । अर्घाखाँचीको सन्धिखर्कमा झड्केलो छोराले बुवाको हत्या गरेर मलखातमा पुरेको अवस्थामा  भेटिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-१२, डिभर्ना बार्सखर्कमा ७० वर्षिय जंग बहादुर नेपालीलाई झड्केलो छोरा झुपे नेपालीले धारिलो हथियार प्रयोग गरि निर्मम हत्या गरेका थिए ।  हत्यापछी घटना लुकाउन बुवाको शवलाई मलखातमा पुरेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मापसे गरेर घरमा पुगेका नेपालीले बुवासंग झगडा गरेका थिए । झगडाले उग्र रुप लिएपछी उनले बुवामाथी कुटपिट गर्दा मृत्यु भएको थियो । घटना लुकाउन उनले बुवाको शवलाई मलखादमा पुरेका थिए ।

अहिले प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय