१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

टोपबहादुर रायमाझी माथी अन्याय भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान

टोप बहादुर रायमाझी माथी अन्याय भएको भन्दै अर्घाखाँचीमा हस्ताक्षर अभियान सुरु भएको छ । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै जिल्लामा हस्ताक्षर अभियान थालिएको हो।

स्थानीय युवाहरुले अभियानकै रुपमा अँघीं बढाउने गरी हस्ताक्षर संकलन थालेका हुन् । उनीहरुले एकै मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँडसहितका धेरै व्यक्तिहरु धरौटीमा छाडिएपनि लामो समय रायमाझीलाई प्रतिशोधकै कारण राखिएको उनीहरुको दावी छ ।

शुक्रबार अर्घाखाँचीको सदरमुकाम शुक्रबारे हाटबजारबाट हस्ताक्षर अभियान थालिएको र यसको नेतृत्व कुनै पार्टीले नगरेको पत्रकार दिपेन्द्र पौडेलले जानकारी दिएका छन् । मैले त्यो अभियान देखेको हुँ, त्यहाँ कुनै दलविशेषका व्यक्तिहरुले अगुवाई गरेका छैनन् तर स्थानीयहरु आफै पुगेर हस्ताक्षर गरेको अवस्था छ’ उनले भने । पौडेलले आफूले अभियान चलाउनेहरु कसैलाई नचिनेको बताए ।

यमाझीसहित यो प्रकरणमा जोडिएका दुई दर्जन ०८० असार १ गते कारागार चलान भएका हुन् तर कांग्रेस नेता खाडसहित धेरैजसो उच्चको आदेशमा धरौटीमा छुटेका छन् । अहिले उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । यो मुद्दा दर्ता भएलगत्तै एमालेले उनलाई सचिवबाट निलम्बन गरेको छ भने प्रतिनिधि सभाबाट पनि निलम्बनमा छन् ।

नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले यो अभियानमा एमालेको संलग्नता नरहेको बताए । अदालतमा विचाराधीन विषयलाई पार्टीले हस्ताक्षर अभियान चलाउने विषय नभएको बताए ।

पाँचभन्दा धेरै सहकारीको बचत रकम ठगी आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको पक्षमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ । सोही अभियान शैलीमा टोप बहादुर रायमाझीका पक्षमा हस्ताक्षर अभियान थालिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय