१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अर्घाखाँची क्रिकेट संघले गर्‍यो क्रिकेटर शुभम खनाललाई सम्मान

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले क्रिकेटर शुभम खनाललाई सम्मान गरेको छ ।

केही दिन अँघीं मलेशियामा सम्पन्न एसिसि अन्डर–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बाँया हातका स्पिनर शुभम खनाललाई सन्धिखर्कस्थित टुँडिखेलमा स्वागतसंगै सम्मान गरिएको हो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१, ढाकाबाङमा जन्मिएर हाल दाङमा बसोबास गर्दै आएका शुभमलाई अर्घाखाँची क्रिकेट संघले एक समारोहकाबिच सम्मान गरेको हो । उनले प्रतियोगितामा ६ खेल खेल्दै १२ विकेट लिएका थिए । जापानसंगको खेलमा उनले एकै खेलमा पाँच विकेट लिन सफल भएका थिए ।

अर्घाखाँचीका खेलाडी शुभमको उत्कृष्ट प्रदर्शनले जिल्लाको गरिमालाई अझ उँचो बनाएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले बताए । ‘जिल्लाबाट खेलाडीहरु उत्पादन भईराखेका छन्,उनले भने,‘हामी अत्यन्त खुशी छौं ।’
सम्मानपछी बोल्दै क्रिकेटर शुभमले यो सम्मानले आफुलाई हौसला मिलेको बताए । अर्घाखाँची क्रिकेट संघको सक्रियता तारिफयोग्य भएको भन्दै उनले पहाडी जिल्ला भएर पनि क्रिकेटको क्रेज यो जिल्लामा भिन्दै रहेको बताए । ‘यो सम्मानले मलाई अझै हौसला मिल्ने छ,उनले भने,‘जिल्लाको क्रिकेट विकासमा क्रिकेट संघको भुमिका अतुलनिय छ ।’

शुभमले केही महिना अँघीं भएको पाँचौं अर्घाखाँची प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै ईमर्जिङ प्लेयर अफ द टुर्नामेन्टको उपाधी जितेका थिए । अर्घाखाँचीमा जन्मिएका सौरभ खनाल, विक्रम भुसाल, उत्तम थापा मगर, देव खनालले १९ वर्षमुनि र राष्ट्रिय टोलीबाट खेलिसकेका छन् भने जगत् क्षेत्री, सरोज खत्री, सर्वोत्तम सुनार, अमित अधिकारीले विभिन्न क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।

कार्यक्रममा शुभमको परिवार, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, खेलाडीहरु र अन्य क्रिकेटप्रेमीहरुको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय