१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अर्घाखाँचीमा पहिरोले पुरिएर दम्पतिको मृत्यु

लक्ष्मण घिमिरे ।  अर्घाखाँचीको भुमिकास्थानमा पहिरोले पुरिएर दम्पतिको ज्यान गएको छ ।

जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचाैर तल्लोपाकुमा बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।

उनीहरू तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए। समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयवासीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा उनीहरू सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका थिए। ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय