१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

अत्याधिक गर्मीले कपिलवस्तुका दुई पालिकामा बिदा

अत्यधिक गर्मी बढेपछि कपिलवस्तुका दुई पालिकामा तीन दिन गर्मी बिदा दिइएको छ। कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाले असार ११ देखि असार १३ गतेसम्म विद्यालयमा गर्मी बिदा दिएको हो।

एक सातायता प्रचण्ड गर्मीका कारण कपिलवस्तुमा जनजीवन प्रभावित हुँदै आएको छ। दुवै पालिकाले सूचना जारी गर्दै तीन दिनसम्म विद्यालयमा बिदा दिइएको जनाएका छन्। गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले बताए।

यस्तै, केही दिनयता बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको र बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै तीन दिन विद्यालयमा बिदा दिइएको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताए। नगर शिक्षाको निर्णयअनुसार बाँकी रहेको बिदाबाट कट्टा हुने गरी आकस्मिक बिदा दिइएको अर्यालले बताए।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय