१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

हत्या भएको सात वर्ष पुग्दा पनि निर्मला पन्तको अपराधी पत्ता लागेन

भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो ।

शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म पनि घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । २०७५ सालमा भएको घटनामा अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति गठन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डीएनए परीक्षण गरिएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ ।

सीआईबीबाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । निर्मलाका आमाबुवाले महेन्द्रनगरदेखि काठमाण्डौसम्म धाएका भए पनि न्याय पाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय