लक्ष्मण घिमिरे । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको माग सहित गृह मन्त्रालय पुगेको छ ।
किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनिहरुले तत्काल पहलकदमी लिन आग्रह गरेका छन् ।
ज्ञापनपत्र बुझाउन सभापती श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट लगायतको टोली गएको थियो ।
जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी ‘एक्सन’ लिने भन्नेबारे गृहकार्य भईरहेको बताए। अपनाईएका विधीको प्रभावकारिता र कानुनी जटिलता हेरेर छिटै निर्णयमा पुग्ने उहाँले बताएको सभापती श्रेष्ठले बताए ।
