१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

जिम्बाब्वे क्रिकेटलाई ५० हजार अमेरिकी डलरको प्रायोजन

जिम्बावे क्रिकेटको ५० हजार अमेरिकी डलरको सहयोग प्राप्त गरेको छ । घरेलु टोलीहरूलाई सहयोग गर्ने जिम्बावे क्रिकेटले वित्तीय संस्था सीएबीएसबाट ५०,००० डलरको प्रायोजन प्राप्त गरेको हो । यसबाट प्रथम श्रेणीका पाँच वटा टोली लाभान्वित हुनेछन् ।

जिम्बावे क्रिकेटका अनुसार यो सहयोग लोगान कप, प्रो–फिफ्टी च्याम्पियनशिप र घरेलु टी–ट्वान्टी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पाँच वटा टोली– इगल्स, राइनोस, टस्कर्स, माउन्टेनियर्स र सदर्न रक्सले पाउनेछन् । यो प्रायोजनले टोलीहरूलाई प्रशिक्षण, प्रतिभा विकास र खेलाडी कल्याण जस्ता प्रमुख क्षेत्रहरूमा लगानी गर्न मद्दत गर्नेछ ।

यसैबीच जिम्बावे क्रिकेटका प्रबन्ध निर्देशक गिभमोर माकोनीले घरेलु क्रिकेट यात्रामा एक मूल्यवान् साझेदारका रूपमा बोर्डमा आएकोमा सीएबीएसप्रति आभार व्यक्त गर्नुभएको छ । यस प्रकारको सहयोगले खेलको जग बलियो बनाउन र दीर्घकालीन वृद्धिलाई सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय