१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

गुल्मीको धुर्कोटमा १० वर्षीय बालक मृत फेला

गुल्मीको धुर्कोट गाउँपालिका–४ कालापोखरामा १० वर्षीय बालक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय राम बहादुर सुनारका छोरा अनमोल सुनार मंगलबार बिहान १० बजेतिर आफ्नै घरको काठको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

बालकको आमाले झुण्डिएको अवस्थामा देखेर तत्काल पासो काटी खाटमा राखेकी थिइन् । तर त्यसबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय