१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

एसियाली पारा तेक्वान्दोमा पलेशाले जितिन् कास्य

पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कास्य पदक जितेकी छन्।

मलेसियाको कुचिङमा भएको प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य विजेता पलेशाले के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कांस्य जितेको प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।

चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट प्रतियोगितामा सहभागी हुन मलेसिया पुगेकी थिइन्। जुलाइ २४ देखि अगष्ट १ तारिखसम्म भएको प्रतियोगितामा पलेशासहित ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

पुरुष ५८ केजीमुनि भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोन तथा महिला ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए।

टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय