ललितपुर नगरप्रमुख चिरिबाबु महर्जन र छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठबिच भेटघाट

लक्ष्मण घिमिरे । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ बिच भेटघाट भएको छ ।

भेटमा दुवै स्थानीय तहबिच समन्वय गर्ने बारे छलफल भएको छ । छत्रदेव गाउँपालिकाको समग्र विकास निर्माणमा महानगरपालिकाले गर्न सक्ने सहयोगका बारेमा छलफल भएको छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले बताए । ‘दुवै स्थानीय तहका प्रमुखहरुबिच भेटघाट भयो,उनले भने,‘सहयोग आदान प्रदान गर्ने विषयमा कुराकानी भयो ।’

यस किसिमको भेटघाटले छत्रदेव गाउँपालिका र ललितपुर महानगरपालिकाबीच आपसी सम्बन्ध तथा सद्‍भाव थप प्रगाढ हुने युवराज श्रेष्ठले बताए ।

महानगरपालिकामा भएको भेटघाटमा दुवै पालिका प्रमुखका अलावा वीर हस्पिटलका सहायक डिन वरिष्ठ न्युरोलोजिष्ट डा. राजेन्द्र श्रेष्ठ, छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, समाजसेवी युवराज श्रेष्ठको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय