नेपाल दलित संघ अर्घाखाँचीले पायो पुर्णता

लक्ष्मण घिमिरे । नेपाल दलित संघले जिल्ला कार्य समितिलाई पुर्णता दिएको छ ।

नेपाल दलित संघका जिल्ला अध्यक्ष राजेन्द्र बिकको अध्यक्षतामा बसेको बैठकले १३ सदस्यिय कार्यसमिति विस्तार गरेको हो । जसको उपाध्यक्षमा सृजना बिक, सचिवमा नारायण सुनार, सहसचिवमा दिपक बिक, कोषाध्यक्षमा तारा परियार चयन भएका छन् । सदस्यहरुमा विकास नेपाली, मिन विश्वकर्मा, राम बहादुर दर्जी, गोपाल विश्वकर्मा, भक्त बहादुर विश्वकर्मा, कमला परियार, भगवता पाण्डे बिक र लक्ष्मी नेपाली चयन भएका छन् ।

यस्तै राम बहादुर परियारको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । जसको सहसंयोजकमा निम बहादुर बिक, सदस्यहरुमा चुमकला विश्वकर्मा, राम बहादुर दर्नाल र टोपेन्द्र बराईली रहेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल दलित संघ जिल्ला कार्य समितिले पुर्णता पाएसंगै जिल्लाभर विभिन्न गतिविधी गर्नेगरी योजना बनाउने जिल्ला अध्यक्ष राजेन्द्र बिकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय