१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

एसीटीसँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

अस्ट्रेलिया टुरमा रहेको नेपाली क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ ।

नेपालले एसीटीलाई ६ विकेटले हराएको हो । एसीटीले दिएको ९७ रनको लक्ष्य नेपालले १३.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक अविजित ४२ रन बनाए । गुल्शन झाले २३ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एसीटी १७.२ ओभरमा ९६ रनमा अलआउट भएको थियो।  नेपालका दीपेन्द्रसिंह ऐरी र शाहब आलमले ४-४ विकेट लिए भने रोहित पौडेल र गुल्शन झाले १-१ विकेट लिए ।

यसअघि केहीबेर अघि भएको पहिलो अभ्यास खेलमा नेपाल ४१ रनले विजयी भएको थियो । टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो । नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय