१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

विवादमा रास्वपाका उम्मेदवार थापा, पार्टीले निर्णयमा पुनर्विचार नगर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् । कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।

रास्वपाका विपक्षीहरूले अहिले यसलाई मुद्दा बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यस्तै २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसदको लिस्टमा रहेका उनी केही महिनाअघि राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।

थापाको पारिवारिक पृष्ठभूमिलाई लिएर चौतर्फी आलोचना भइरहँदा रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।

‘हामीले सम्पूर्ण विवरण हेरेर नै लेखजंग थापालाई छनोट गरेका हौँ । बाहिर आएको जस्तो त्रुटि भएको देखिँदैन । सबै विधि र प्रक्रिया पुर्‍याएर छनोट भएकाले उम्मेदवारको सम्बन्धमा पुनर्विचार हुँदैन’, रातोपाटीसँग उनले भने ।

यस्तै थापाविरुद्ध पार्टीको कुनै पनि निकायमा उजुरी नपरेको झाले जिकिर गरे । उनले भने, ‘उहाँ विरुद्ध उजुरी परेको भन्ने विषय सत्य होइन । पार्टीको कुनै पनि समितिमा कहिँकतै उजुरी परेकै छैन ।’

तर विपक्षीहरूले यसै विषयलाई लिएर चुनावी मुद्दा बनाउने देखिन्छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले संवैधानिक तथा कानुनी समस्या नआउनेमा पार्टी स्पष्ट  रहेको बताए ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । असोज २२ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको छ । २३ गते उजुरी उपर छानबिन र निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय