१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

शितगंगामा सापकोटाको सरसफाई अभियान

कार्यक्रम के गर्ने ? कसरी गर्ने ? र कार्यक्रम गरेर के प्रतिफल आउँछ भन्ने हेक्का राख्ने प्रशासकिय अधिकृतका रुपमा परिचित छन् कृष्ण प्रसाद सापकोटा । स्थानीय तह संचालनमा अब्बल मानिएका सापकोटा सन्धिखर्क नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत रहँदापनि ‘फोहोर लाई मोहोरमा बदल्ने’ अभियान, ‘नयाँ वर्ष,नयाँ काम’ लगायतका कार्यक्रम चलाएर चर्चा कमाएका पात्र हुन् ।

साना-साना काम गरेर समाज सुधारमा महत्वपुर्ण भुमिका निर्वाह गर्न सकिन्छ भन्ने मनसायका साथ सापकोटाले अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत भएर कार्यभार सम्हालेको केही दिनमै समुदायमा आधारित सरसफाई अभियान संचालन गर्ने निति लिएका छन्। अभियान अन्तर्गत घर आँगन,सडक सफाई टोली गठन,साप्ताहिक सामुहिक सरसफाई दिवस,विद्यालय समुदायमा सहभागीता,धार्मिक तथा सार्वजनिक स्थल ,सडक किनारा ,सार्वजनिक चोक,सार्वजनिक सचेतना र जागरण कार्यक्रम रहेको छ।

यस्तै बालबालिका सचेतना जागरण कार्यक्रम,बालबालिका र युवा सहभागीता,प्रतियोगिता समुदायमा आधारित अभियान सफल पार्न अपिल अनुगमन र मूल्याङ्कन र प्रोत्साहन सरसफाई अभियानको कार्यक्रममा समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए। भदौ ८ गतेदेखि सुरु गरिएको अभियानलाई निरन्तरता दिने उनको भनाई छ ।

प्रत्येक महिनाको १र १५ गते यो अभियान अबदेखि चल्ने छ । यो अभियान हेर्दा सामान्य लाग्छ तर यसमा निकै ठूलो नैतिक बल लुकेको छ । यसले स्थानीय सरकारका सयौ कामहरुलाई जोड्ने, एकिकृत गराउने, नागरिक समाजलाई लयबद्व गरी समग्र स्थानीय तहको विकासमा अगाडि बढाउने, परिचालन गर्ने काममा सहयोगी भूमिका निर्वाह गर्ने छ । सरसफाई र हरियाली प्रवर्धनलाई जीवनपद्वतिको रुपमा विकास गर्ने मन्त्र पनि रहेको सापकोटाको भनाई छ।

समुदायमा आधारित सरसफाई अभियान वडा कार्यालय सबै,नेपाल सरकार तथा प्रदेश सरकारका कार्यालय सबै,विद्यालयहरु,स्वास्थ्य संस्थाहरु,उद्योग वाणिज्य संघ शितगंगा,सामुदायक वन,सहकारी संस्था,सहकारी संघ संस्था,संचारक्रमी र सरोकारवाला सबैमा यो अभियान सफल पार्न प्रमुख प्रशासकिय अधिकृत सापकोटाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय